चैत,१६ काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेताद्वय माधवकुमार नेपाल र भीम रावललाई पार्टी सदस्यबाट ६ महिनाका लागि निलम्बन गरेका छ । निलम्बन अन्तिम अवसर भएको भन्दै अहिलेको गतिविधि कायम राखे फेरी थप कडा भन्दा कडा कारबाही गरिने चेतावनी समेत दिएका छन् ।
अध्यक्ष ओलीपक्षीय केन्द्रीय सदस्यरु उपस्थित भएको ७ चैतमा बसेको केन्द्रीय कमिटी बैठकले पार्टी हित विपरीत गुटगत भेला गरेको आरोप लगाएर नेपाल र रावलसँगै घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई स्पष्टीकरण सोधेको थियो । त्यस अनुसार महासचिव ईश्वर पोखरेलले नेता नेपाल र रावललाई चैत ८ गते स्पष्टीकरणको पत्र उहाहरुलाई पठाएको थिए ।
१२ गते त्यसको जवाफ दिएका नेता नेपाल र रावलले विधानको उल्लंघन आफूहरुले नभई अध्यक्ष ओलीबाटै भएकाले तपाईंलाई किन कारबाही नगर्ने भनेर प्रतिप्रश्न गरेका थिए |अध्यक्ष ओलीले भने स्पष्टीकरणको जवाफमा
