काठमाडौं १५ चैत्र-कञ्चनपुरमा पिकनिक खान गएका वडाअध्यक्षको मृत्यु भएको छ । जिल्लाको भीमदत्त नगरपालिका–५ का वडाध्यक्ष मदनबहादुर चन्दको मृत्यु भएको हो ।
१३ गते शुक्रबार वेदकोट नगरपालिका–६ मा पर्ने चुरेपानीमा भन्ने स्थानमा पिकनिक खान गएको बेला चन्दको घाँटीमा समस्या देखिएपछि थियो।
मासु खाएपछि चन्दको घाँटीमा समस्या देखिएकोले तत्कालै महाकाली अस्पताल ल्याइएको थियो। केहिछिन पछि अस्पतालका चिकित्सकले मृत घोषणा गरेको प्रहरी नाबय उपरीक्षक थापाले बताउनु भयो । उनकाअनुसार वडाध्यक्षसँगै पिकनिक खान गएका वडा सचिवसहितका ७ जनालाई प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएको छ ।
मृतकको शव परीक्षणका लागि महाकाली अस्पतालमा राखिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । मृतक वडाध्यक्ष नेपाली काँग्रेसबाट निर्वाचित वडाअध्यक्ष हुन् ।
