माघ १० गते (शनिबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
हाल पश्चिमी वायुको सामान्य प्रभाव रहेको छ ।हाल देशका सुदुर-पश्चिम, गण्डकी, बाग्मति र प्रदेश न. १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ भने बाँकी भू-भागमा मौसम सामान्यतय सफा रहेको छ ।
दिउँसो : सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १ र बागमती प्रदेशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम प्रदेशको पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
राती : सुदुर-पश्चिम र कर्णाली प्रदेशमा आंशिक देखि सामान्य बदली तथा प्रदेश न १, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकि भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। सुदुरपश्चिम र कर्णाली प्रदेशको पहाडी भूभागका एक /दुई स्थानमा हल्का बर्षाको सम्भावना छ ।
