एक सय रुपैयाँ घुस ट्राफिक प्रहरीलाइ दिन खोज्नेलाई पक्राउ गरेको छ ।
गत राति कलंकीमा एक सय रुपियाँ घुस ट्राफिक प्रहरीलाई दिन खोज्ने ट्रक चालक बुद्धि बहादुर विकलाई प्रहरीले पक्राउ गरेको छ ।
अनुमति पत्र बिना ना.४ ख ४८८६ नम्बरको भाडाको ट्रक चलाएर आउँदै गरेको बेला चेकिङलाई पन्छ्याएर विक भाग्न खोजेका थिए ।
उनलाई सोहि बेला ट्राफिक प्रहरीले नियन्त्रणमा लिएर चेक गर्दा अनुमती पत्र नभएको महानगरीय ट्राफिक प्रभाग कलंकीका प्रमुख पुरुषोत्तम कार्कीले बताउनु भयो ।
भाडाको ट्रक रहेछ, बिल बुक पनि नवीकरण भएको रहेनछ,’ उनले भने ।
कार्की भन्छन ट्राफिक प्रहरीलाई एक सय घुस रकम दिन खोजेपछि उनलाई नियन्त्रणमा लिइएको हो ।
ट्राफिक कार्यलय अगाडिको सडक खण्डमा डियुटीमा खटिएका ट्राफिक प्रहरी जवान निरज थापालाई ट्रक चालक विकले घुस दिन खोजेका थिए ।
विकलाई पक्राउ गरी कारवाहीको लागि महानगरीय प्रहरी प्रभाग कलंकीमा बुझाइएको ट्राफिक प्रहरीले जनाएको छ ।
