मङ्सिर ८,सोमबार / नेपाली कांग्रेसले प्रतिनिधि सभातर्फ कांग्रेसका सांसद कास्कीका सूर्यबहादुर केसीको निधन भएपछि रिक्त भएको पदमा मोहनप्रसाद पाण्डे राखेको छ । स्याङ्जा कालीगण्डकी गाउँपालिका-३ का पाण्डेलाई कांग्रेसको सिफारिसअनुसार निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य पदमा निर्वाचित भएको प्रमाणपत्र दिएको छ।कांग्रेसले गत २०७४ सालमा आयोगमा बुझाएको बन्द सूचीमा समानुपातिकतर्फ पाण्डेको नाम थियो।
मोहनप्रसाद पाण्डे सपथ लिइसकेका छैनन्।सभामुख अग्निप्रसाद सापकोटाले सम्भवत आज पाण्डेलाई पद तथा गोपनियताको सपथ खुवाउनेछन्।
