काठमान्डौ विश्वविद्यालय अन्तर्गतका सबै विद्यार्थीहरुलॆ आफ्नो सेमेस्टर शुल्कको बारेमा विश्वविद्यालयलाई पटक पटक ध्यानाकर्षण गराउदै आएपनि बिश्वबिधालयले कुनै वास्था नगरेपछि बिधार्थी हरुले रिले अनसनको सुरुवात गरेका छन् । कोभिड-१९ का कारण सिर्जित परिस्थितिमा संचालन भएको अनलाइन कक्षाका लागी पहिलेको सामान्य अवस्थामा जस्तै पूर्ण सेमेस्टर शुल्क माग्नु अवैज्ञानिक भएको विद्यार्थीहरुको धारणा रहेको छ।
यसै बीच विद्यार्थीहरुले आफ्नो विरोध जनाउदै विश्वविद्यालयसँग संवादको आशा गरिरहँदा गत असोज २ मा स्कुल अफ इन्जिनियरिङ्ग र स्कुल अफ साइन्सबाट आएको अवैज्ञानिक शुल्क छुटको योजनाको विरोध गरेका छन् । प्रयोग नभएका सुविधाको शुल्क विद्यार्थीहरुले तिर्न नसक्ने जानकारी समेत बिधार्थीले गराएका छन् । विश्वविद्यालयलाई तुरुन्त वैज्ञानिक रुपमा प्रयोग भएको सुविधाको मात्र शुल्क तोक्न बिधार्थिले माग गरेको छन ।
यस परिस्थितिलाई काठमाडौ विश्वविद्यालयमा सक्रिय विद्यार्थी सङ्गठन र विद्यार्थी क्लबलाई एकतावद्द भइ आन्दोलनमा लाग्न पनि आह्ववान समेत गरेका छन भने विद्यार्थी क्लबका प्रतिनिधीहरुले शुरु गरेको रिले अनशनमा बिधार्थीहरुले ऐक्यवद्धता जनाएका छन् । भद्र तरिकाले गरिएका विरोध र संवादको प्रयासलाई विश्वविद्यालयले बेवास्ता गर्दै सार्वजनिक विश्वविद्यालय शिक्षाको व्यापारीकरण तिर गए बिधार्थीहरुले कठोर कदम चाल्न बाध्य हुने समेत बिश्वबिधालयलाई जानकारी गराएका छन् ।




