धरान स्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा ३ जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ ।
प्रतिष्ठानका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान र धरान–८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।
तीनै जनाको शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको अस्पतालले जानकारी दिएको छ ।
