मौसम पूर्वानुमान महाशाखाले आज(शनिबार)को मौसम पूर्वानुमान जारी गरेको छ । महाशाखाका अनुसार हाल बंगालको खाडीको पूर्वी–मध्य भागमा न्यून चापीय क्षेत्र रहेको भएको छ र उक्त निम्न चापिय क्षेत्र पश्चिम–उत्तर पश्चिम दिशा तर्फ सर्दै जाने देखिन्छ । हालको मौसम देशभर मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश मा आँशिक बदली रहने तथा बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने छ । प्रदेश न १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ ।
