मकवानपुरको कैलाश गाउँपालिका–५ मा एक पुरुषको शव भेटिएको छ । कैलाश गाउपालिका–५ का ३८ वर्षीय सोम सिन्तानको शव भेटिएको प्रहरी चौकी डाँडाखर्कले जानकारी दिएको छ ।
मृतक भेटिएका सिन्तान बारीमा काम गर्न निस्केदेखि अविरलरूपमा वर्षा भएको थियो । भोलिपल्ट अबेरसम्म घरमा नआएपछि आफन्तले खोजी शुरु गरेका थिए ।
