बाघको छाला,सालकको खपेटा सहित एक पक्राउ
कास्की प्रहरी कार्यालयले बाघको छाला, सालकको खपेटा र आखेटोपहारसहित एक जनालाई पक्राउ गरेको छ।मंगलबार साँझ वन्यतन्तुको अवैध ओसारपोसार तथा कारोबार गरेको आरोपमा प्रहरीले धादिङ गल्छी गाउँपालिका- ४ का २८ वर्षीय सन्तोष लामिछानेलाई प्रहरीले पक्राउ गरेको हो।
प्रहरीले अन्य ठाँउबाट आएर कास्कीमा वन्यजन्तुको अवैध ओसारपसार तथा कारोबार हुँदैछ भन्ने गोप्य सूचनाको आधारमा जिल्ला र ईलाका प्रहरी कार्यालय शिसुवाबाट प्रहरीको टोली खटिएको थियो।
प्रहरीको टोलिले पोखरा महानगरपालिका शिसुवाबाट वनपोखरीतर्फ जाँदै गरेको प्रदेश नं. ३-०२-०११ प ७८०६ नम्बरको मोटर-साइकललाई रोकेर चालक लामिछानेले बोकेको जेब्रा झोलामा हेर्दा प्रहरीले एक बाघको छाला, एक सालकको खपेटा, तीन किलो ७ सय ५० बराबरको वन्यजन्तुको हाड, खुट्टा तथा पन्जा समेत बरामद गरेको छ।पक्राउ परेको युवालाई प्रहरीले नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको छ।
