नेकपाका उपाध्यक्ष वामदेव गौतमलाई राष्ट्रिय सभामा सदस्यका रूपमा काम गर्न रोक्नू भन्ने आदेश माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
गौतमको नियुक्ति संविधानविपरीत भएको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सोमबार सर्वोच्च अदालतमा रिट दिएका छन्।
पूर्व अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभा सदस्यको अवधि सकिएपछि गौतमलाई सरकारले सिफारिस गरेको थियो। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गरेकी थिइन्।प्रतिनिधि सभामा हारेकाहरूलाई राष्ट्रिय सभामा लैजाने प्रवृत्ति बढेको भन्दै उनको नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ।निवेदक त्रिपाठी ले मन्त्रिपरिषदले गौतमलाइ गरेको सिफारिस बदर गर्न अन्तरिम आदेश माग गरेको जानकारि दिएका छन्। आज पेश गरेको रिट दर्ता भएर त्यसको पुर्जी पनि पाएको र बुधबार लाई पेशी तोक्ने भनेको त्रिपाठी ले जानकारी दिएका छन ।
#gaurishankarthorolpamedia #tshorolpakhabar
