डा बिवेक पान्डे
राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी वर्ष २८ का ललित भण्डारीको मोटर्साइकल दुर्घट्ना भएको छ भने क्रिकेट खेलाडी भण्डारीको अवस्था चिन्ताजनक रहेको छ ।
धनगढीको झलारी बजारमा ट्रक र मोटरसाइकल एकआपसमा जुद्धा २ जना घाइते भएका छन् । धनगढीबाट महेन्द्रनगर तर्फ जाँदै गरेको से १ ख १३२४ नंम्बरको ट्रक र म २ प ४७०५ नम्बरको एकआपसमा जुद्धा मोटर साइकलमा सवार शुक्लाफाटा नगरपालिका वडा नम्बर– १० का राष्ट्रिय क्रिकेट टोलीका क्रिकेट खेलाडी वर्ष २८ का ललित भण्डारी र उनका भाइ नाता पर्ने वर्ष २४ का करन ठगुन्ना सख्त घाइते भएका हुन ।
इलाका प्रहरी कार्यालय झलारीका अनुसार घाइतेको झलारी स्थित शुक्लाफाटा किलिकमा प्राथमिक उपचार पछी थप उपचारका लागि धनगढी रिफर गरिएको छ । ट्रकका चालक फरार रहेका छन भने र ठक्कर दिने ट्रक प्रहरीको नियन्त्रणमा रहेको ईलका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए ।

