सन्देस कोइराला
दोलखा मेलुङ गाउँपालिका मा खानेपानी योजना सम्बन्धि भयको बिबाद मा राप्रपा का केन्द्रिय सदस्य तथा ब्यबसायी शोभित उप्रेतीले चासो देखाउनु भयको छ उहाँले भेडपु खानेपानी आयोजनाको रकमान्तर सम्वन्धी सामान्य विवादलाई अतिरन्जित तरिकाले प्रस्तुत गरिएको विवाद संवाद बाट टुंगो लगाउदा नै सवै को हित हुने भएकोले विशेष दोलखाका नेकपा का नेताहरुलाइ सम्वाद वाट समस्या सुल्झाउदै हिरासतमा रहेका राप्रपा , काङ्रेस का नेताहरुको रिहाइ गर्न अस्नो सामाजिक सन्जाल फेसबुक मार्फत अनुरोध गर्नु भयको छ।
मेलुङ गाउँ पालिकाको अरले खानेपानी योजनाको बजेट रकमान्तर गर्ने उद्देश्यका साथ अध्यक्ष नर श्रेष्ठले मेलुङ गाउँपालिका वडा न.४ का वडा अध्यक्ष छत्रबहादुर तामाङ लाई समेत थाहा पत्तै नदिई अन्यत्र खानेपानी को सर्भे गर्न निर्देशन दिएपछि भदौ १८ गते विरोध पत्र बुझाउन गएका उपभोक्ता मध्ये प्रहरी प्रशासन लगाई राजनैतिक प्रतिशोध स्वरुप ५ जनालाई थुनामा राख्न लगाई अध्यक्ष श्रेष्ठले मुद्दा दायर गरेको नेपाली काँग्रेस मेलुङ गाउँपालिकाले बताएको छ।स्थानीय विवादलाई स्थानीय स्तरमै समाधान गर्न आग्रह गरिएपनि अध्यक्ष श्रेष्ठको दम्भका कारण राप्रपाका केन्द्रीय सदस्य सहित उपभोक्तालाई मुद्दा लगाईएको छ।
