Home > राजनिती > हाम्रो राष्ट्रबाद :केशवराज चौलागाईं

हाम्रो राष्ट्रबाद :केशवराज चौलागाईं

हाम्रो राष्ट्रबादको बढी क्रान्तिकारी ,राष्ट्रबादी बन्ने होडबाजी मौलाएको मुलुकमा,वास्तविक भुमिपुत्रहरु जस्को अाफ्नो मुलुक भित्र जीउनु र मर्नुको कुनै विकल्प छैन तिनै मान्छेहरुको भावना माथि खेलवाड गरेर सत्ता स्वार्थ पुर्ति गर्ने गर्दछन महान राष्ट्रवादीहरु। उनीहरु त विश्वका हर कुनामा एेशअारामको जीवन जीउन सक्छन।तिनीहरुको राष्ट्रबाद मौसम अनुसारको हुने गर्छ।त्यहां केवल जमिन हुन्छ,जीवन हुन्न। लाखौं जीवन कुल्चिएर फगत जमिनका कुरा गर्दै मुलुकको ढुकुटीमा रजाईं गर्नु तिनिहरुको पैतृक चरित्र हो।

महिनौ दिन पैदल हिंडेर अाफ्नो मुलुक फर्कंदै गर्दा भोक र थकानले बाटोमै प्राण त्याग गर्नु परेको भुमि पुत्र प्रति कुनै संवेदना छैन।सिमानामा कांडेतार लगाए पछि जंघार तरेर मुलुक छिर्न खोज्नेलाई नाङ्गै बजार घुमाउने।विरामी अामाको मुखहेर्न प्रदेशबाट घर फर्किंदा मुलुक प्रवेश गर्न नपाएका विदेशी भुमिमा अामाको मृत्युको खवर सुनेर त्यहीं काजक्रियामा बस्नु परेको मान्छे रोग संवहाकको रुपमा दण्डित हुन्छ।

 

कति भाइहरु विदेशी मुलुकमा कम्पनीले कामबाट निकाल्दिए पछि साथीभाईहरुसंग चन्दा संकलन गरेर भोक मेटाउंदै छन्।कति भाईहरु रोगले संक्रमित भएर अाफ्नो परिवारलाई सन्चै छु भन्दा भन्दै प्राण त्यागीरहेका छन्।कति भाईहरु भिसा सकिएर घरको न घाटको भएका छन्। विदेशी भुमिमा तिव्र गतिमा महामारी फैलिएपछि बरु वीचमै काम छोडेर अाफ्नै मुलुकमा परिवारसंग गुन्दुक ढिंडो खाएर संगै बाच्न संगै मर्न चाहन्छन तिनीहरुको देशभक्तिसंग पनि बेखवर छ हाम्रो राष्ट्रवाद!!

मुलुक भित्र रोजगारी नपाएर झण्डै एकतिहाई युवाशक्ति विदेशीभुमिमा पसिना वगाउन बाध्य देशभक्त भुमि पुत्रहरुलाई रोग संवाहकका रुपमा बदनाम गरिंदै छ।६ महिना अगाडि विदेशबाट अाएको मान्छे संक्रमित भएछ भनेर प्रचार गरेर विदेशमा श्रम वेचिरहेकाहरु प्रति सामाजिक शंका र घृणा पैदा गराईंदै छ।कथं उनीहरु अाफ्नो मुलुक प्रवेश गर्न पाए भने पनि उनीहरुमाथि केही समय छुवाछुत हुने परिस्थिति निर्माण भैसकेको छ।

हाम्रो राष्ट्रबादमा,एउटा दलित युवा अाफ्नी प्रेमिका लिन जांदा कुटी कुटी मारिन्छ।भ्रष्ट अधिकारीहरु निर्भिकताका साथ देशभक्तिका गीत गाईरहेका छन्।अौषधीजन्य सामाग्री नक्कली ल्याउंदा नि सरम छैन।सरकारी जग्गा बेचविखन गर्न निस्फिक्री पाईएको छ। सामान खरिदमा करोडौ कमिसन मोलमोलाई गर्छन मन्त्रीहरु। सामाजिक संन्जालमा असन्तुष्टी व्यक्त गरेवापत थुनिन्छन बुद्धिजीवीहरु।

सरकार मुलुकका झ्यालहरुमा राष्ट्रवादको रंङ्गिन पर्दा टांगेर, नागरिकलाई महामारीको त्राश देखाएर, मुलुकसंगै राशलीला रचिरहेको छ।मिचाह छिमेकीसंग अशहिष्णु कृयाकलाप प्रस्तुत गरेर उत्ताउलिनुमा खुव मज्जा अाईरहेको छ हामीलाई।यसबाट उतपन्न हुने संकटसंग वेमतलवी राष्ट्रबादले भुमिपुत्रहरुको वस्तीमा रोग,भोक र शोकको डंढेलो लगाउने सम्भावना प्रवल भएर गएको छ।

हाम्रो क्रान्तिकारीता,हाम्रो राष्ट्रवाद केवल हामी र हाम्रालागि मात्र हो।सत्ता प्राप्तिको सजिलो भरयाङका रुपमा यस्लाई ईतिहासदेखि प्रयोग गरिंदै छ ।अाज पनि प्रयोग भईरहेको छ।जब सम्म वास्तविक भुमिपुत्रहरु यो भ्रमजालबाट मुक्त हुन्नन्,युगौं युग यो नियति भोगिरहनु पर्ने छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *