१७ चैत, सप्तरी । लकडाउन उल्लंघन गरेको आरोपमा सशस्त्र प्रहरी बलले सर्वसाधारणमाथि निर्घात कुटपिट गरेको भिडियो सार्वजनिक भएको छ लकडाउन उल्लंघन गरेको आरोपमा बलान बिहुल गाउँपालिका–३ मौवाहाका हरेकृष्ण साह र चन्दर यादवलाई सप्तरीको बलानबिहुल गाउँपालिकामा कुटपिट गरेका हुन् । घर नजिकै रहेको बिहारको लौकहा बजारबाट औषधि खरिद गरी फर्किने क्रममा कुटपिटमा भएको पीडित युवाले बताए ।
https://www.facebook.com/SaptariToday/videos/892799214513849/?t=0
बैलाई भुइँमा घोप्टो पारेर कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ कुटपिट गर्ने कर्मचारी सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट रामनगर कोदरकट्टीबाट खटिएका थिए ।घाइते दुवैको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको बलानबिहुल गाउँपालिकाका अध्यक्ष दयानन्द गोइतले बताए भिडियो साभार सुरेस कुमार श्रेष्ठ
सशस्त्र प्रहरीले छानविन थाल्यो
घटनाबारे प्रश्न उठेपछि सशस्त्र प्रहरी बल, नेपालको हल्चोकस्थित मुख्यालयले छानविन थालेको छ सशस्त्र प्रहरीका प्रवक्ता प्रवीणकुमार श्रेष्ठले अनुसन्धान थालिएको अनलाइनखबरलाई बताए उनले भने, ‘छानविन सुरु भएको छ, घटनामा संलग्न कर्मचारीमाथि विभागीय कारबाही हुन्छ ।
यतिराम्रो सग सम्झाई बुझाइ गर्दै २२ नम्बर हेडक्वाटर गूहेस्वोरी गण दुवाकोट, भक्तपुरका,सस्त्र प्रहरी ।
{मुलपानी पिपलबोट सगैको पुल } भिडियो साभार -सुरेस कुमार श्रेष्ठ
https://www.facebook.com/suresh.shrestha.587268/videos/2962056523905788/?t=0
