नेकपाका नेता तथा प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले नेकपा फुट्नका लागि बनेकाे हाेइन भनेका छन् ।
बिहीबार सूर्योदय नगरपालिकामा चिया प्रशोधन केन्द्रको भवन उद्घाटन गरेपछि मुख्यमन्त्री राईले नेकपालाई फुटाउने अधिकार कसैलाई नभएको जनाउँदै आफूहरूले पार्टी फुट्न नदिने बताए ।
फुट्न र टुट्नका लागि नेकपा बनाइएकाे हाेइन भन्ने उनकाे भनाइ छ ।
अर्को प्रसंगमा मुख्यमन्त्री राईले यस तीन वर्षमा प्रदेशमा ठूलै विकासको लहर ल्याएकाे बताए । उनले भने, “हामी निर्वाचित भएर आउँदा शून्य अवस्थामा थियौँ, अहिले हिँड्ने अवस्थामा पुगेका छौंँ ।”
उनले कोरोनाको महामारीमा पनि प्रदेश सरकारले विकासका काम गरिरहेको बताए । उनले भने, “अब कोरोनासँग लडेर अघि बढ्नुको विकल्प छैन ।”