Home > मनोरन्जन > प्रेम र सविताको अभिनयमा ‘कसले सक्छ र खुशी दिन…को भिडियो सर्वाजनिक

प्रेम र सविताको अभिनयमा ‘कसले सक्छ र खुशी दिन…को भिडियो सर्वाजनिक

काठमाडौं,
वैशाख १० ।

सविता खड्का र प्रेम शर्माको अनस्क्रिन रोमान्स रहेको गीत ‘कसले सक्छ र खुशी दिन…’को भिडियो सर्वाजनिक भएको छ । प्रेमकै निर्देशन र सम्पादन रहेको गीतको भिडियोमा सविता र प्रेमसँगै केशव आचार्य र बालकलाकारमा कञ्चन कट्टेल देखिनुभएको छ । भिडियोमा आफूले अत्यधिक माया गर्ने मान्छे अर्कैको हुँदाको पिडा व्यक्त गरिएको छ ।

एनिस एनञ्जल राईको शब्द, संगीत र स्वर रहेको गीतमा बुद्ध स्याङवाको एरेञ्ज, रोवट लिम्बु ‘शुब्बा’को रेकर्डिङ, मिन विष्टको मिक्सिङ तथा माष्टरिङ र राजेशकुमार श्रेष्ठ (म्युजिक पार्क)को पाश्र्व संगीत छ ।

ह्वाइट साउण्ड स्टुडियोमा रेकर्डिङ गरिएको गीतको भिडियोमा ज्ञानकुमार कट्टेलको छायाँकन र बालकुमारको ड्रोन रहेको छ भने एक्सन शंकर महर्जनको छ । ज्ञानु झाको आर्ट वर्क रहेको भिडियोको पोष्ट प्रोडक्सनमा कोचे मल्टिमिडिया रहेको छ ।

सविता खड्का गरिमा पारिवारिक टेलिसिरियलकी मुख्य कलाकार हुनुहुन्छ । उहाँ सो सिरियलकी लेखक, निर्देशक तथा निर्मातासमेत हुनुहुन्छ । मोरङ कानेपोखरी स्थायी घरभएकी सविता नेपाली कला क्षेत्रमा उद्यमान कलाकारका रुपमा आउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *