माघ १ गते (बिहीबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
हाल देशमा पश्चिमी वायु तथा स्थानिय वायुको सामान्य प्रभाव रहेको छ ।हाल देशको पहाडी भू-भागमा आंशिक बदली रहेको छ तराई भू-भागमा हल्का हुसु/कुहिरो लागेको छ ।
दिउँसो : प्रदेश १, प्रदेश २ र बागमती प्रदेशमा आंशिक देखि सामान्य बदली रही सुदुरपश्चिम प्रदेश र लुम्बिनि प्रदेशका तराईका भु-भागमा आंशिक बदली रहेर देशका अन्य भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । प्रदेश १ र गण्डकी प्रदेशको एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १, कर्णालि प्रदेश र सुदुर पश्चिम प्रदेशका धेरै भू-भागमा आंशिक देखि सामान्य बदली रहि देशका अन्य भू-भागमा आंशिक बदली हुने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ