नेपाली कांग्रेश महालक्ष्मी नगरपालिका समन्वय समिती १ २ ३ र ४ ले असार ६ को रक्तदान कार्यक्रम लाई भब्यताका साथ सफल पार्न सहयोग गर्ने सबै रक्तदाता,भात्रि संगठन,सुबेक्क्षुक सस्था लगायत सम्पूर्ण जनसमुदायलाई समिक्षात्मक बैठक मार्फत हार्दिक धन्यवाद सहित क्रितज्ञता ब्यक्त गरेको छ ! नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेतको प्रमुख आतिथ्यतामा आदर्श माद्यामिक बिद्यालय इमाडोलमा भयको उक्त कार्यक्रममा ७५ जना रक्तदाताले पूर्ण उत्साहका साथ रक्तदान गरेका थिय !
संयोजक प्रकाश पराजुली को सभापतित्त्वमा सम्पन्न कार्यक्रममा दर्जनौ नेता तथा सयौ कार्यकर्ताको सहभागिता थियो भने युबा नेता मंगल कुमार थापाले अब तत्कालै अर्को जनमुखी कार्यक्रम मार्फत नेपाली कांग्रेश जनता माझ जान लागेको कुरा समिक्षात्मक कार्यक्रम मार्फत जानकारी गरायका छन भने ललितपुरका लोक प्रिय कांग्रेश नेता प्रदेस सभा उमेद्वार तथा महाधिबेशन प्रतिनिधि पवन बिक्रम थापाले यो बिपदमा रक्तदान गर्ने सबै भगवान हुन भन्दै रक्तदानमा सहभागि हुनेको प्रशंसा गरेका छन !