Home > समाचार > बन्यो सरकारलाई चुनौती दिने सुरक्षित आवास गृह

बन्यो सरकारलाई चुनौती दिने सुरक्षित आवास गृह

अर्जुन राज भण्डारी

ललितपुर/ गरे काम असम्भब के छ र ? यहाँ नभयको त गर्नै नखोजेर पो हो !
नपत्याय एक पटक ललितपुर जिल्लाको महालक्ष्मी नगरपालिका ८ मा पर्ने शङ्खादेबी टोलमा जानुहोस् !
बिगत १४ बर्ष देखी बन्द अवस्थामा रहेको महेन्द्रग्राम निम्न माद्यामिक बिद्यालय संखादेबी को ३ तले भवन यती जिर्ण अवस्थामा थियो कि कतिखेर आँफै ढल्ने हो जस्तो लाग्थ्यो मान्छेहरु वरिपरि उभिन डराउथे !
सरकारी स्कुलको त्यो भवनमा कहिले कुकुर निदाउथे त कहिले खसी बोकाले आराम गरिरहेका हुन्थे तर अहिले हेर्दा त्यो भवन बेहुली जस्तो सिंगारियको छ,लाग्छ कसैले नयाँ घर बनाएछ !

स्थानिय हाम्रो युबा समुह सङ्खादेबी को नेत्रित्त्वमा उक्त जिर्ण भवनलाई मर्मत सम्हार गरी स्थानिय सरकारलाई चुनौती दिने गरी सुरक्षित आवास गृहका रुपमा परिणत गरी देखायका छन स्थानिय युबाहरुले !
तत्काललाई ६ बेड सहितको यो सुरक्षित आवास गृहमा कोरोनाको कहरमा कायम गर्ने सामाजिक दुरी लागायत आवास गृहमा आवश्यक सफा चर्पी,पि पि,टाबेल,सेनिटाइजर ,१९ माक्स लागायत सम्पूर्ण सुबिधा छ !

विद्यार्थी अभाबका कारण १४ बर्ष अघी बन्द भयको सरकारी स्कुल अर्थात अहिलेको सुरक्षित आवास गृह ग्वार्को चोकबाट ५ किलोमिटर भित्र सुन्दर शान्त र रमणिय बातावरणमा स्थानिय सङ्खादेबी मन्दिर संगै अवस्थित छ !
यो बिपदमा बाहिरबाट आउनुभयका कोही सङ्कास्पद ब्यक्तीलाई सुरक्षित आवास गृहको आवस्यकता भए निसङ्कोच यो गृह निशुल्क रुपमा प्रयोग गर्न सकिने जानकारी हाम्रो युबा समुहका संयोजक किरण कुमार खत्रीले गराय !

खत्रिले यो प्रशंशनिय कार्यका लागि आवश्यक सामाग्री स्थानिय ५० घर धुरिको बस्तिबाट निजिगत रुपमा स्वत: स्फुर्त रुपमा उठायर जम्मा गरियको ३ लाख रकम बाट जोहो गरियको समेत बताय !
यि उर्जावान युबाहरुबाट राज्यले केही सिकोस, चोक र पसलमा दुनियाँका कुरा काटेर समय बिताउने फुर्सदिलाहरुले केही अनुसरण गरुन !
रिपोर्टिङ अर्जुन राज भण्डारी ललितपुर

Leave a Reply

Your email address will not be published. Required fields are marked *