Home > मुख्य समाचार > आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ

आज देखि श्री स्वस्थानी व्रत प्रारम्भ

No photo description available.
सागर थपलिया

३ माघ २०७८, काठमाडौं /आज देखि श्री स्वस्थानी व्रतको प्रारम्भ भएको छ। आजदेखि माघ महात्मैअन्तर्गत  सुरु हुने व्रत माघ शुक्ल पुर्णिमासम्म एक महिना जारी रहने छ। आजदेखि माघ स्नान गर्ने र अधिकांश हिन्दुले घरमा सात्विक भावले श्रद्धाभक्तिपूर्वक श्री स्वस्थानीको पूजा आराधना गरी स्वस्थानी कथा सुन्ने र सुनाउने गरिन्छ ।श्री स्वस्थानी व्रत कथा’ को व्रतारम्भ स्वस्थानी व्रत र कथा पौष शुक्ल पूर्णिमाका दिनबाट सुरु हुन्छ।स्वस्थानी व्रतका बेला बिभिन्न ठाउँमा मेला लाग्ने गर्दछ ।

पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी ब्रत  एक महिना स्वस्थानी ब्रत र माघ स्नान गरिन्छ । ​पौष शुक्ल चतुर्दशीका दिन हातगोडाको नङ काटी स्नान गरी शुद्ध बस्त्र पहिरिएर यसको सुरुवात हुन्छ।बिहान माघ स्नान गरी मध्याह्नकालमा महादेवको पूजा गरिन्छ।बेलुकी स्कन्द पुराणको केदार खण्डअन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी ब्रत कथा सुन्ने सुनाउने परम्परा छ ।

काठमाण्डौँ स्थित शालीनदीमा प्रत्येक बर्ष पूर्णिमादेखि सुरु हुने माधवनारायण मेला पनि आज बाट सुरु भएको छ । स्वस्थानी व्रतकथा सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव स्वामी पाउँ भनी बालुवाको शिवलिङ्ग बनाई निराहार तपस्या गरी मनोकाङ्क्षा पूर्ण भएको कथासँग जोडिएको छ । शिव—पार्वतीको विवाह भइसकेपछि लोककल्याणका निम्ति परम्परागत रुपमा सोही व्रतकथा प्रचलन हुदै आएको मानिन्छ । घरपरिवारको सुस्वास्थ्य र सुख शान्तिको कामना गर्दै शालीनदीमा महिलासँगै पुरुषसमेत व्रत बस्ने परम्परा छ । १ महिनासम्म विशेष पौराणिक कथा सुनेर ब्रत बसिने श्री स्वस्थानीप्रति नेपाली नारीहरुको अहिले पनि उत्तिकै लगाव र विश्वास रहेको छ । खास गरेर श्री स्वस्थानी एउटा प्रेममुलक पौराणिक धर्मग्रन्थ पनि हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *