माघ ३ गते (शनिबार) जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार
हाल देशमा बंगलादेश र आसपासमा बनेको न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ ।हाल प्रदेश १ का पहाडी भू-भागमा सामान्य बदली रहेको छ भने बाकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ । देशका तराईका भू-भागमा बाक्लो हुस्सु-कुहिरो लागेको छ।
दिउँसो : प्रदेश नं १ मा आंशिक देखि सामान्य बदली रहने छ भने प्रदेश २ , बागमती र गण्डकी प्रदेशमा आंशिक बदली रहनेछ र बाँकि प्रदेशमा सामान्यतया सफा रहने देखिन्छ। प्रदेश नं १ का एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।
राती : प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका धेरै भू-भागहरू साथै सुदुर पश्चिम प्रदेशका तराइका भू-भागहरूमा आंशिक देखि सामान्य बदली रही देशका बाँकि भू-भागमा आंशिक बदली रहनेछ। प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेशका एक दुई स्थानमा हल्का बर्षाको सम्भावना रहेको छ।