च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला र साहित्य मनोरन्जन मुख्य समाचार समाचार

नरेन्द्रराज पौडेल, सिर्जना शर्मा, ठाकुर बेलवासे र खेमनाथ दाहाल सम्मानित 

२०८० चैत १९, काठमाडौं ।

साहित्यिक पत्रकार संघले आज सामाजिक विकास समाज, अनामनगर, काठमाडौंको सभाकक्षमा ४३ औँ कथा दिवस सम्पन्न गर्‍यो । 

कार्यक्रममा कथाकार नरेन्द्रराज पौडेललाई नगद ५१,०००/- हजार राशिसहित मैनाली कथा पुरस्कारबाट सम्मानित हुनुभयो ।

यसैगरी “लोकप्रिया पुरस्कार”बाट १०,१००/-राशिसहित 

साहित्यकार सिर्जना शर्मा पुरस्कृत हुनुभयो । 

यससैगरी “व्यथित काव्य सम्मान”बाट कवि ठाकुर बेलवासे र “व्यथित काव्य डायस्पोरा सम्मान”बाट कवि खेमनाथ दाहाल सम्मानित भयो । 

उहाँहरुलाई कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ समालोचक डा. वासुदेव त्रिपाठीले सम्मानित गर्नु भएको हो । 

कार्यक्रममा समालोचक प्रा.डा.लक्ष्मणप्रसाद गौतम र 

समालोचक ज्ञानु अधिकारीले पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरूका बारे आआफ्नो मन्तव्य राख्नु भएको थियो । 

यसैगरी शारदाकालीन कवयित्री लोकप्रिया देवीकी सुपुत्री शशि रिमालले “लोकप्रिया” बारे कविता वाचन गर्नु भएको थियो भने नेपाल स्रष्टा समाजका अध्यक्ष साहित्यकार श्रीओम श्रेष्ठ’रोदन”ले पुरस्कार निर्णायक समितिको धारणा प्रस्तुस्त गर्नु भएको थियो ।

चर्चित कथाकार किशोर पहाडीको लघुकथा वाचनबाट उद्घाटन गरिएको सो कार्यक्रममा कथाकारहरु सत्या अधिकारी, ध्रुव राज थापा, मन्जिला अनिल र शान्ता तिमिल्सिनाले आ- आफ्ना लघुकथा वाचन गर्नु भएको थियो ।

कार्यक्रममा पुरस्कृत तथा सम्मानित व्यक्तित्वहरू कथाकार नरेन्द्रराज पौडेल, सिर्जना शर्ना, ठाकुर बेलबासेले आ-आफ्ना मन्तव्य राख्नु भएको थियो ।

साहित्यिक पत्रकार सँघका अध्यक्ष साहित्यकार राधेश्याम लेकालीको सभापतित्व भएको सो कार्यक्रममा अन्य अतिथिहरू प्रा.डा.सुरेन्द्र के.सी., साहित्यकार हिरण्यकुमारी पाठक, वरिष्ठ कलाकार मदनदास श्रेष्ठ, साहित्यिक पत्रकार संघका पूर्व अध्यक्ष तथा साहित्यकार नरेन्द्रबहादुर श्रेष्ठ, समाजसेवी तथा गीतकार शोभित उप्रेतील लगायतकि उपस्थिति रहेको थियो । 

सभापतिको आसनबाट अध्यक्ष राधेश्याम लेकाली, प्रमुख अतिथि प्रा. डा. वासुदेव त्रिपाठीले आआफ्नो मन्तव्य राख्नु भएको थियो ।

साहित्यिक पत्रकार संघका महासचिव डा. दामोदर पुडासैनी ‘किशोर’ले स्वागत मन्तव्य राख्नु भएको सो कार्यक्रममा क्यानडबाट आउनु भएका गोविन्दसिंह राउत र प्रमोद सारङ्गलाई स्वागत सम्मान गरिएको थियो ।

कार्यक्रमको सञ्चालन निबन्धकार श्रीबाबु कार्कीले गर्नु भएको थियो ।

कार्यक्रममा साहित्यकारहरू शरद प्रधान, प्रा.डा. गोविन्दमान सिंह कार्की, मधुवन पौडेल, प्रा.डा. गोविन्दमान सिंह कार्की, लता केसी, डा.बुनु दाहाल, डा. शान्तिमाया गिरी, मधुवन पौडेल, विजयध्वज थापा, पवन आलोक, देविका तिमिल्सिना, दिव्य गिरी, मधु पाठक, कृष्ण बाउसे, राजेश खनाल, सुरेश आचार्य, निर्मलरमण पराजुली, मुरारि सिग्देल, तुलसीहरि कोइराला, रमेशनाथ  खनाल, ऋतु कँडेल, नरहरि प्रेमी, सुभाषचन्द्र पौडेल’भीमफेदीया’, विमल भौकाजी, विक्रमभक्त जोशी, राज रजक, गीता कार्की, ललिता दोषी, भानुप्रकाश जोशी, रूकु कार्की, रमेश दाहाल, निरा श्रेष्ठ महर्जन, द्वारिका ढुङ्गाना, विनोद नेपाल, प्रद्युम्न जोशी, लव खड्का, शेषराज शिवाकोटी, पद्मावती सिंह, तारा सुवेदी, डि.आर राई, मीरा गोतामे,  नरहरि प्रेमी, दिलीप श्रेष्ठ, सरस्वती गौतम, रक्ष रैका मगर, शेषराज शिवाकोटी, शुशीला देउजा, रत्नलक्ष्मी श्रेष्ठ, नीरु श्रेष्ठ, रितु कँडेल, कृष्ण बाउसे, डा. सावित्री श्रेष्ठ, लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *