च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला/साहित्य कला र साहित्य मनोरन्जन समाचार

गायक खातीको “कता हिड्यौं साइली” सार्वजनिक ( भिडियो सहित)

काठमाण्डौ – लामो समय देखी नेपाली लोकदोहोरी तथा काँठे गायनमा सक्रिय रहदै आएका खातीको कता हिड्यौं साइली चुल्ठि लर्काई लर्काई तिज गीत सार्वजनिक भएको छ । माया प्रेमका भाकाहरुलाई समावोश गरेर तयार पारिएको गीतमा गायक अमृत खाती संगै चन्द्र शर्मा, गायिका मिना लामा र श्रीदेवी देवकोटाको स्वर रहेको छ ।

विक्रम बाबु शर्माको शब्द रहेको गीतमा खेम सेन्चिुरीको लय रहेको छ । हिन्दु नारीहरुको महान चाड तीज नजिकदै गर्दा तीज गीतको भिडियो सार्वजनिक हुने क्रम पनि बढी रहेको छ।  नेपाली नारीहरुको महान चाँड तिजको पावन अवसर पारेर कता हिड्यौं साइली लाई पनि नेपाली सांगीतिक बजारमा प्रस्तुत गरिएको छ ।

विक्रम चौहानको निर्देशन रहेको भिडियोको राम केसीले छायाँकन गरेका हुन् भने लक्ष्मण चौहानले सम्पादन रहेका हुन् । गायिका मिना लामाको युटुव च्यानलबाट सार्वजनिक गरिएको गीतको भिडियोमा टिका जैसी, आयुस्मा कार्की, बबीन सिंह ठकुरी लगायतका कलाकारहरुको नृत्य देख्न सकिन्छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *