
२०७६/९/२६ गते सनिवार
सम्बादाता सन्तोष श्रेष्ठ
काठमाडौं पुस- दोलखाको संकृतिक संरक्षण सम्बर्द्धन र प्रबर्द्धन कला साहित्य जोगाउन र समग्र बिकासको लागि प्रेरित गर्ने मुख्य उदेश्यसहित जन्मिएको यस दोलखा संस्कृतिक डबली महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, माननीय मन्त्री श्री पार्बत गुरुङ ज्युबाट आज मिति २०७६/९/२६ रास्ट्रीय नाचघर जमलमा यक कार्यक्रम मार्फत शुभारम्भ गरिको छ ।
उक्त कार्यक्रममा बोल्दै मन्त्री गुरुङले बिकासको लागि कला र कलाकारिता सहितको संस्कृति अपरिहार्य रहेको बताउनु भयो।संस्कृति, संरक्षण, सम्बर्द्धन, र प्रबर्द्धन जोगाउन आफुले सक्दो कोसिस गर्ने समेत जानकारी दिनु भयो। फरक प्रसङ्गमा बोल्दै मन्त्री गुरुङले केही समय अगाडि महिला मन्त्री पुरुष भएको र मन्त्री हेरफेरको हल्ला चलेपनी आफू अरुमन्त्री हुन नचाहेको र यस मन्त्रालय छुट्टै सामाजिक मन्त्रालयको रुप बिकास गरि आफुले पाएको जिम्मेवारी पूरा गर्ने समेत प्रतिबद्ध जनाउनुभयो।
पत्रकारिताका पिता भनेर चिनीने बरिष्ठ पत्रकार गोपाल थपलियाले पनि समृद्द दोलखा सुखी दोलखालीको लागि यस संस्कृतिक डबलीले महत्वपुर्ण योगदान रहने हुनाले यसलाई सबै मिलेर अगाडि बढाउनु पर्ने धारणा ब्यक्त गर्नु भएको छ संकृतिक,संरक्षण, सम्बर्द्धन, र प्रबर्द्धन जोगाउन र दोलखाको समग्र बिकासको लागि जन्मिएको यस दोलखा संकृतिक डबली को उत्तरउत्तर प्रगतिको सुभकामना व्यक्त गर्नु भयो ।



















