च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला र साहित्य कला/साहित्य भिडियो मनोरन्जन समाचार

गायक तथा संगीतकार कन्हैयासिंह परियारको गजल “अचानक” सार्वजनिक (भिडियो सहित)

काठमाडौं– गायक तथा संगीतकार कन्हैया सिंह परियार को स्वरमा तयार भएको गजल अचानक सार्वजनिक गरिएको छ । नेपाली चलचित्र आधुनिक लोक संगीत देखी विभिन्न विधाका गीतहरुमा सुमधुर गायकिले स्रोतालाई मन्त्रमुग्ध बनाउदै आएका परियार झण्डै तिन दशक देखी मनोरन्जनको दुनियमा क्रियसील छन् । पहिलो पटक गजलको दुनियामा आफ्नो उपस्थिती जनाउदै बिहिबार मैतीदेवी, काठमाडौंस्थित डोरी रेष्टुराँमा आयोजित भव्य सांगीतिक समारोहमा गजल ‘अचानक’ को म्युजिक भिडियोको प्रिमियर गरिएको छ ।

वरिष्ठ गीतकार डा.कृष्ण हरि बरालका शब्द तथा संगीतकार सन्तोष श्रेष्ठको संगीत निर्देशनको उक्त गजल सार्वजनिक भएपछि वरिष्ठ संगीतकार शम्भूजीत बासकोटाले गजलका शब्द, संगीत संयोजन र गायकीको वयान गरेका थिए । समारोहमा गीतकार डा.बराल तथा संगीतकार श्रेष्ठले पनि गायक परियारको गायकीको वर्णन गर्दै यो गजल अचानक कसरी तयार भयो भन्ने बारेमा आफ्ना धारणा व्यक्त गरे ।

गायक परियारले भने गजलको बोल अचानक भए पनि करिव तीन वर्षको मेहनतपछि यो संगीत पारखीमाझ आउन सफल भएको बताए । राजु कार्की उक्त गजलका संगीत संयोजक हुन् । सञ्चारकर्मीहरुको बाक्लो उपस्थितिमा प्रीमियर गरिएको उक्त गजलको भिडियोमा अभिनेता गजित विष्ट तथा अभिनेत्री अञ्जली अधिकारीले अभिनय तथा नृत्य गरेका छन् । सुबोल थापाको कोरियोग्राफी रहेको यो भिडियोको छायांकन बुद्ध थापाले गरेका छन् भने नबिन निरौला यसका सम्पादक हुन् ।

गम्भिर विष्टको निर्देशनमा तयार भएको भिडियोमा गायक परियारलाई पनि फिचर गरिएको छ ।उक्त गजलको भिडियो कन्हैयासिंह परियारको युटुव चयानलमा हेर्न सकिन्छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *