अध्यात्म-चिन्तन

अध्यात्म-चिन्तन
(अज्ञानबाट बोधतर्फ)
भाद्र १९ , काठमाडौँ। आध्यात्मिक चिन्तक जिद्दू कृष्णमूर्त्तिले प्रयासविहीन अवलोकन (effortless awareness) को धेरै चर्चा गरेका छन् । यो चेतना बेगर सम्भव छैन । हामी जाग्रत अवस्थामा हुँदा चेतनाप्रति सजग हुन सक्छौं । सजग नहुने त धेरै नै छन् । आफ्नो चेतनाप्रति सजग रहनु गाह्रो छैन तर लगातार सजग हुनु गाह्रो छ । कृष्णमूर्त्ति के भन्छन् भने जबर्जस्ती मनलाई सजगतामा जोत्यो भने निन्द्राले गाँज्छ अथवा चिच्याट लागेर त्यो छुट्छ । त्यसैले उनले effortless/passive and choiceless awareness को कुरा गरेका छन् । बौद्धमार्गमा पनि आफ्नो हरेक शारीरिक र मानसिक अवस्थाको सूक्ष्म अवलोकन पश्चात् चेतना निर्मल, शरीर हलका र मानसिक एकाग्रता सिद्ध हुन्छ र बोधि तर्फको मार्ग प्रशस्त हुन्छ ।
अब प्रश्न उठ्छ आफ्नो जागृतिप्रति सजग हुँदा के फाइदा छ ? आफू निर्विचार होइन्छ जसले निर्वाण, बोधि वा समाधिको अवस्थाको अनुभूति गराउँछ । यसैलाई अद्वैत वेदान्तको भाषामा आत्मानुभूति, अपरोक्षानुभूति वा कैवल्य भन्छन् । त्यस अवस्थामा आफ्नो बाहेक अन्यको अनुभव हुँदैन । कसै कसैले त्यसलाई मोक्ष, मुक्ति आदि नाम पनि दिएका छन् । नामले केही फरक पर्दैन ।
भक्ति मार्गको सिद्धान्तमा आफ्नो इष्टदेवको दर्शन, सामीप्य, इष्टमै समाहित हुने र इष्टभन्दा फरक आफ्नो अस्तित्त्वको बोध नहुने जस्ता अवस्था हुन्छन् । अध्यात्म अनुसार बोधि, समाधि, निर्वाण, कैवल्य, आत्मानुभूति, अपरोक्षानुभूति, मुक्ति वा मोक्ष चाहिँ हाम्रो वास्तविक र सहज अवस्था हुन् र प्राय: मानिस जुन अवस्थामा हुन्छन् त्यो अज्ञानले निमन्त्रण गरेको अस्वाभाविक अवस्था हो । हामी सबैलाई यो भ्रम छ कि जुन अवस्था प्राय: देखिन्छ त्यो प्राकृतिक हो । गहन निद्रा जसमा स्वप्न पनि छैन त्यसलाई अद्वैत मतले सहज अवस्था मानेको छ किनभने त्यहाँ प्रपंच खडा गर्ने द्वैत बुद्धि छैन ।
बोधिमार्गले प्रपंचविहीन अवस्थामा पुर्याउन सतिपट्ठान, विपस्सना आदि साधना पद्धतिको निर्देश गरेको छ जसको श्रद्धापूर्वक बिना प्रमाद प्रयोग गर्यो भने आफ्नो सत्यस्वरूप “बोधि”को उपलब्धि अनायासै हुन्छ। हरे! आफ्नू वास्तविक साँच्चो स्वरूपलाई पाउन दुनियाँभरिको नाटक गर्नु पर्ने ! दाल भात रोटी नै पो छोड्नुपर्ने हो कि भन्ने त्रासले, अथवा विषय-भोग छोड्नु पर्ने हो भन्ने डरले, या त आलस्य, प्रमादकालागि छुट पाइन्न कि भन्ने शंकाले मानिस आफ्नो स्व-को खोज गर्न अघि सर्दैन । सबैलाई sure-shot shortcut बाटोको पर्खाइ छ कि जस्तो लाग्छ । थाल्ने बित्तिकै उपलब्धि कसै-कसैलाई होला तर
“योगी कहावन बडा कठिन है ज्यूँ खुँडा की धार ।
डगमग करै तो गिर पडै कैसे जावै पार ? ।।