
साउन,३१काठमाडौं। नोर्थ अमेरिका हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षण विभागले जानेको छ ।
हैटी देशमा भूकम्प आएपछि मानिसहरु आ -आफ्नो घरबाहिर भाग भाग भएको थियो त्यहाको अवस्था अहिले कोलाहलपूर्ण रहेको समाचार संस्था रोयटर्सले देखाउदै आएको छ। क्षतिको विवरण के कति भयो भनेर आइसकेको छैन ।
सन् २०१० मा हैटीमा गएको शक्तिशाली भूकम्पबाट हजारौँ मानिसको ज्यान गएको थियो भने जानुको साथ धेरै भौतिक संरचनाहरु नष्ट भएको थियो ।
आज भन्दा ११ वर्ष अघिको भूकम्पले गरेको क्षतिको पुनःनिर्माण नसकिँदै फेरि अर्को शक्तिशाली भूकम्प गएको हो ।