च्छोरोल्पा

सत्य, तथ्य र निष्पक्ष समाचार तपाइको हातमा

कला र साहित्य कला/साहित्य मनोरन्जन समाचार

लघु चलचित्र “होएर एम आई “ को छायांकन सम्पन्न

काठमाण्डौ – लघु चलचित्र “होएर एम आई” को छायाँकन सम्पन्न भएको छ । कलिउड हव मिडिया प्रा.लीको व्यानरमा निर्माण हुन लागेको चलचित्र होएर आइ एमलाई काठमाण्डौका विभिन्न रमणीय स्थाहरुमा छायाँकन गरिएको छ । उक्त लघुचलचित्रमा लेखन, निर्देशन तथा छायाँकन राजन खरेलको रहेको छ ।
पारिवारी कथाबस्तुमा आधारीत चलचित्रले पछिल्लो समय आमा बुवा र सन्तानहरुको विचमा आईपर्ने समस्या तथा उल्झनहरुलाई देखाउन खोजिएको बताईएको छ । चलचित्रमा कलाकारहरु राजु कार्की, सेमिना कोइराला, मनोज कार्की, सोनाम लामा, सम्भु भुजेल, लक्ष्मी तामाङ, मन्जु सुवेदी, कुसल तामाङ, कारण कुमार, समिक्क्षा मगर, ललिता परियार, लक्सी तामाङ, निर्मला सुनार, लागायतको अभिनय रहेको छ ।

मन्जु सुवेदी एण्ड टीमको सृङ्गार तथा शैलस नेपाली सहायक छायाँकारको रुपमा रहेका छन् । उक्त लघुचलचित्रको पोष्टप्रोडक्सनको कार्य छिट्टै सम्पन्न गरिने निर्माण पक्षले जानकारी दिएको छ ।

LEAVE A RESPONSE

Your email address will not be published. Required fields are marked *