माघ १०/लहान सिरहाको मिर्चैया नगरपालिका–५ स्थित जिवाखोलाको पुलमा आज शनिवार विहान प्रेसरकुकर बम फेला परेको छ । प्रहरी टोलीले गस्ती गर्ने क्रममा सो प्रेसरकुकर बम फेला पारेको हो ।
पूर्व–पश्चिम राजमार्गमा बम देखिएपछि तत्काललाई सवारी आवागमनमा रोक लगाइएको छ भने बम डिस्पोज गर्न चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको बम डिस्पोजल टोली घटनास्थल पुगेको छ ।
सो बम कसले र कुन प्रायोजनकोलागि राखेको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी सालिग्राम शर्माले अनलाइन खबरलाई जानकारी दिनु भएको छ ।

