पुस १८ललितपुर/नेपाली काग्रेस महालक्ष्मी नगरपालिका ललितपुर उपत्यका समन्वय समिती ईमाडोलले कांग्रेसी नेता कार्यकर्ताको हितका लागि भन्दै शनिबार एक भेला मार्फत लोकतान्त्रिक कल्याणकारी कोश स्थापना गरेको छ ! नगद रु १लाख ५ हजारबाट शुभारम्भ गरेको यो सस्थाले यो बर्ष भित्र करोड रुपैयाँ बराबरको कोस स्थापना गर्ने लक्ष राख्दै युबा समाजसेबी ब्यक्तित्त्व मंगल कुमार थापाको नेत्रित्त्वमा १३ सदस्यिय कार्यसमिती मन्डल चयन गरेको छ !
समितिको सचिबमा रघुबर राज थापा कोसाध्यक्षमा प्रकाश पराजुली तथा सदस्यहरुमा पवन बिक्रम थापा, प्रेम नाथ अर्याल, चन्द्रराज गिरी,पुरुशोत्तम घिमिरे, शङ्कर सिंह रिना मानन्धर बिनोद बन्जरा, निलम बज्रचार्य, राधिका सुबेदी प्रेम अधिकारी रहेका छन !
पुरातन सस्कार र शैली तोड्दै नबिनतम हिसाबले अबको कांग्रेस अघी बढ्नेक्रमको यो सुरुवाती लक्षण भयको बताउदै अध्यक्ष मंगल कुमार थापाले सबैले यो कार्यमा साथ दिन अपिल गरेका छन ! महाधिबेसन प्रतिनिधि समेत रहेका शन्त नेता पवन बिक्रम थापाले यो कोसले महालक्ष्मी नगरपालिका भरिको क्षेत्रलाई समेट्ने बताउदै यो सकारात्मक कदममा आफु डटेर लाग्ने बताय !
