काठमाण्डौ – केही हप्ताको लागि कार्यवाहकको जिम्मेवारी पाएकी एनआरएनए पोर्चुगलकी उपाध्यक्ष सीता श्रेष्ठ (शिवानी) का एनआरएनएको नितिनिर्देशन विपरीत काम गरेको समाचार यस अनलाईनबाट प्रकाशित भएको र यस अनलाईनवाट प्रकाशित समाचारले निज सीता श्रेष्ठको नैतिक जीवन माथी उठेको नैतिकताको प्रश्नवारे प्रष्ट पार्नको लागी हाम्रो मिडियामा खण्डन पत्र पठाउनु भएको हामीलाई प्राप्त भएको छ ।
साथै हाम्रो यस अनलाईनमा कार्यरत संवाददातावाट यस किसिमको कमजोरी हुन गएकोमा हामी निज सीता श्रेष्ठसंग क्षमायचना गर्दै यस समाचारसंग आवद्ध ती संवाददातालाई यस अनलाईनमा अव उप्रान्त कार्य गर्न नपाउने गरी पदच्यूत गरेका छौं । पुनः हामी च्छोरोल्पा अनलाईन परिवार सिता श्रेष्ठ“शिवानी” संग पुनः क्षमा यचना गर्दै अव उप्रान्त त्यस कार्य हुन नदिनको लागी सचेत रहेको व्यहोरा समेत सवैमा जानकारी गराउँदछौं ।
