काठमाण्डाै – नेपालको एक दिने भ्रमणमा रहनुभएका चीनका रक्षामन्त्री वेइ फेङहेले नेपाली सेनाले दिएको सम्मान गारद (गार्ड अफ अनर) ग्रहण गर्नुभएको छ ।

जंगी अड्डा भद्रकाली मुख्यालयमा पुगेर चिनियाँ रक्षामन्त्री फेङहेले नेपाली सेनाले दिएको सम्मान गारद ग्रहण गर्नुभएको हो । अहिले प्रधान सेनापति पूर्णचन्द्र थापा र चिनियाँ रक्षामन्त्री फेङहेबीच भेटवार्ता भइरहेको छ । एक दिने भ्रमणको लागि फेङहे आइतबार काठमाण्डौ आउनुभएको छ ।
