file picture
मङ्सिर ११,बिहिबार। सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले कुनै व्यक्ति वा समूहको स्वार्थका निम्ति सरकारको नेतृत्व परिवर्तन नहुने बताएका छन् । आज एक कार्यक्रमका बीच मन्त्री गुरुङले आफूहरु परिवर्तन हुन तयार रहेको तर सत्ता र शक्तिकै लागि सरकारको नेतृत्व परिवर्तन नहुने स्पष्ट पारेका छन् ।
मन्त्री गुरुङले कोरोना महामारी जस्तो सङ्कटका समयमा सरकारको नेतृत्व गरेको पार्टी नेकपा भित्र विवाद हुनु दुःखद् भएको बताउँदै भने सरकारले जनताको भावनाअनुसार जनता, राष्ट्र र राष्ट्रियताको पक्षमा काम गरिरहेको र यस बेलामा सकारात्मक सोचका साथ सरकारलाई सहयोग गर्न आग्रह गरेका छन्।rss
