चितवन – चितवन राष्ट्रिय निकुञ्जमा जङ्गली हात्तीको आक्रमणबाट एक जनाको ज्यान गएकाे छ ।
हात्तीको आक्रमणबाट ज्यान गुमाउनेमा राप्ती नगरपालिका–१ बस्ने ५० वर्षीय आइतबहादुर चेपाङ रहेका छन् । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आइतबार निकुञ्जभित्र घाँस काट्ने जाने क्रममा निजलाई हात्तीले आक्रमण थियो । ४० वर्षीया श्रीमती विष्णुमाया चेपाङसहित निकुञ्ज घाँस काट्न गएका उनलाई हात्तीले आक्रमण गरेको थियो भने श्रीमती भने बच्न सफल हुनुभएको छ।
घटनालगत्तै श्रीमती र आफन्तले शवलाई घर ल्याएका थिए । शव परीक्षणका लागि भरतपुर अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय चितवन जनाएको छ । चितवन राष्ट्रिय निकुञ्जले निज व्यक्ति कुनै किसिमको अनुमति तथा जानकारी बिना नै अनधिकृतरूपमा निकुञ्जको कोर इलाका प्रवेश गरेको समेत जनाएको छ ।
