जल तथा मौसम पुर्वानुमान महाशाखाले आज(बिहिबार)को मौसम पूर्वानुमान जारी गरेको छ। देशभरका अधिकांश क्षेत्रको मौसम आज सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।देशभर अहिले उल्लेखनीय मौसमी प्रणाली विकसित भएको छैन, तर स्थानीय वायुको प्रभावले उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदलीको सम्भावना छ ।
अहिले देशको उच्च पहाडी तथा हिमाली क्षेत्रमा आंशिक बदली भएको छ । बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको मौसमविदले बताएका छन् ।आज दिउँसो पहाडी भू-भागमा आंशिक बदली रही बाँकी क्षेत्रको मौसम सामान्यतया सफा रहनेछ ।त्यस्तै राति पहाडी भू-भागमा आंशिक बदली रही क्षेत्रको मौसम सामान्यतया सफा रहने महाशाखाले बताएको छ।तराईका केही क्षेत्रमा बिहान लागेको हुस्सु बिस्तारै खुल्दै जाने पनि महाशाखाले जनाएको छ।
