जल तथा मौसम पूर्वानुमान महाशाखाले आज (बिहिबार)को मौसम पूर्वानुमान जारी गरेको छ। देशका केही क्षेत्रको मौसम आंशिकदेखि सामान्य बदली भए पनि अरु क्षेत्रमा भने सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।बंगालको खाडीमा बनेर भारतको तेलांगनामाथि रहेको शक्तिशाली निम्न चापीय क्षेत्र कमजोर भई पश्चिम–उत्तरपश्चिम दिशामा अरब सागर तिर सर्ने क्रममा रहेको महाशाखाले बताएको छ।
हाल बागमती प्रदेश र गण्डकी प्रदेश , प्रदेश न १, र प्रदेश न २,मा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको छ ।
आज (बिहीबार) दिउँसो बागमती प्रदेश, गण्डकी प्रदेश र प्रदेश न १ का पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली हुने, देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने र प्रदेश १ , बागमती प्रदेश र गण्डकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले बताएको छ।
राति बागमती प्रदेश , गण्डकी प्रदेश , प्रदेश न १, र लुम्बिनी प्रदेशका केही भू–भागमा आंशिक बदली तथा देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने र प्रदेश १ का एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको समेत महाशाखाले जानकारी गराएको छ।
