झापाको बिर्तामोड नगरपालिका बायोग्यास जडानमा प्रदेश १ कै उत्कृष्ट बनेको छ ।नगर क्षेत्रका तीन सय भन्दा बढी लक्षित वर्गको घरमा बायोग्यास जडान बिर्तामोड नगरपालिका प्रदेश १ कै उत्कृष्ट बनेको हो । नेपाल बायोग्यास प्रर्वद्धन संघ प्रादेशिक कार्यालय विराटनगरले उत्कृष्ट नगरपालिका घोषणाका साथ एक कार्यक्रमका बीच नगर प्रमुख ध्रुवकुमार शिवाकोटीलाई सम्मान पत्र प्रदान गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथि प्रदेश नं. १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले नगरप्रमुख शिवाकोटीलाई सम्मानपत्र हस्तान्तरण गरे।
‘विश्वमा बढिरहेको ऊर्जा संकटलाई न्यूनीकरण गर्नका लागि नगरपालिकाले नवीकरणीय उर्जाको क्षेत्रमध्ये घरेलु बायोग्याँस जडानमा उत्कृष्ट कार्य गरी स्वच्छ वातावरण वन विनास, स्वास्थ्य सुधारका निम्ति प्रदेश १ कै उत्कृष्ट नगरको रुपमा कार्यक्रम सञ्चालन गरेको हुँदा सम्मान गरिएको हो ।
