नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ३५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्गर गौतमका अनुसार मंगलबार थपिएकासहित हालसम्म कोरोनाबाट संक्रमित हुनेको संख्या ६६ हजार ६३२ पुगेको छ।
त्यस्तै पछिल्लो २४ घण्टा मा ८२३ जना सक्रमण मुक्त भएका छन्।हालसम्म कोरोनाबाट निको हुनेको संख्या ४८ हजार ६१ पुगेको छ।कोरोनाबाट निको हुनेको दर ७२ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ।पछिल्लो २४ घण्टामा थप २ जना मृतकमा कोरोना पुष्टि भएको छ। हालसम्म संक्रमण बाट मृत्यु हुने ४२९ पुगेको छन ।
