डा.गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर भएपछि जुम्ला बाट नेपालगञ्ज हुँदै काठमाडौं ल्याइएको छ।डा. केसीलाई महाराजगंजस्थित टिचिङ अस्पतालमा लैजाने तयारी भए पनि प्रहरीले राष्ट्रिय ट्रमा सेन्टर पुर्याएको छ । राष्ट्रिय ट्रमा सेन्टर केसीले स्वास्थ्य जाँच गर्न मानेका छैनन ।केसी ले इच्छा विपरित ट्रमा सेन्टरमा ल्याएको बताइएको छ। डा. केसीलाई ट्रमा सेन्टरको इमरजेन्सी कक्षमा राखिएको छ ।
आफ्ना मागहरु पूरा नहुँदासम्म अनशन नतोड्ने अडान डा. केसीले लिरहेका छन् । भदौ ९ गतेदेखि डा. केसी १९ औं सत्याग्रहमा सुरु गरेका थिए।
