वेदना म नारीको
देखिन्छ सुन्दर अनि झिलमिल
तर ती भित्रको घाउहरु कस्ले देख्ला
कस्ले लगाउला मलम अनि पट्टी
आखिर म नारी हुँ
मैले जे गर्दा पनि गलतनै हुने गर्छ
मेरो आवाज अर्थहीन हुने गर्छ
मेरो सुनवाइ त कहाँ हुन्छ र??
किनकि म नारी हुँ
पुरुष तिमीले जे गरे पनि राम्रै हुन्छ
चाहे रात बितोस चाहे दिन बितोस
यहाँ हाम्रो एक पलको हिसाब हुन्छ
अरु त अरु, मुस्काउनुको हिसाब हुन्छ
कस्तो होला यो विडम्बना
अरु त अरु खुलेर रुन पनि पाइन्न
हास्न त कोशौ टाढा छ, अनि चार
दिवारीमा
हाम्रा चाहनाहरु दबाएर तिमीलाई खुशी
राखेका छौ
तिमिलाई त के नै छ र,जहाँ पनि स्खलित
हुन सक्छौ
प्रेम त एउटा नाटक र बहाना मात्रै हो,
तिम्रो रहर पुर्याउने तिम्रो चाहना र तिम्रो प्यास मेटाउने ,अनि
पल पल आफू भित्र घुट्ने त म नारी हुँ
आखिर दोष थुपार्ने त हामी नारीलाई नै हो
दोष त तिम्रो पनि थियो होला
म भित्र पनि एउटा मन छ , कहिले
सोचेउ??
सोच आउदैन तिमीमा किनकि तिमि पुरुष
हौ
कराउँदै हिडे एउटा बौलाहीको नामाकरण
दिएउ
अब बाकीनै के छ र कति बौद्धिकताको
कुरा गर्छौ
त्यही मुखले तथानाम सुनिन्छ , अरु त
अरु
नारीले लगाएको एउटा लालीको पनि
टीका टिप्पणी हुन्छ
मेरो ठाउँमा आफुलाई राखेर हेर
तिम्रो दृष्टि कता बाट कता पुग्छ
अनि तिम्रो लागि नारी खेलौना हुनु पर्ने
आखिर तिमि पनि त त्यही नारीको कोख
बाट जन्मेउ
कति कोमल मनकी धनी म नारी
विश्वास र मायाको सीमा नाघ्ने
त्यही भएर होला पल पल तड्पिने पर्ने
अनि आशुको भेल बगाउनु पर्ने
पोख्न पनि गाह्रो छ पोखौ भन्छु मेरो
भावनाहरु एक पल नजिक अर्को पल टाढा पाउछु
पाइन कोहि आफ्ना यहाँ मात्रै आफ्नो
भन्ने शब्दहरु पाए
जस्ले पल पल मेरो शरीर र म सङ्ग
शोषण गरि रहयो
म चुपचाप सहेर बसे मेरो परिवार अनि म
भनेर बाधिएको पाए आखिर म पुरै एउटा
खेलौना भएको पाए,
जब दिन उमेर सबै बिताइ सके तब पल
पल प्रमाणित गरेउ
कि म नारी हुँ सहन सक्छु अनि तिमि चोटहरु चोटहरु दिदै जान्छौ ।
लेखक=महिला महिला मानवअधिकार रक्षकहरुको जिल्ला संजाल दोलखा – अध्यक्ष र ने. क . पा. कि नेत्री पनि हुनु हुन्छ
