काठमाडौं।चर्चित रेस्टुरेन्ट ब्रान्ड जिग्री सेकुवाले काठमाडौंको धुम्बाराहीमा आफ्नो १०औँ तथा हालसम्मकै ठूलो आउटलेट सञ्चालनमा ल्याउने भएको छ। लभी हस्पिटालिटी ग्रुपद्वारा सञ्चालित जिग्री सेकुवाको नयाँ आउटलेट आगामी मङ्सिर २ गते विशेष समारोहबीच उद्घाटन गरिने तयारी गरिएको छ।
नयाँ आउटलेटको ग्रान्ड ओपनिङलाई विशेष बनाउन सञ्चालक पक्षले ग्राहकका लागि निःशुल्क सेकुवा र बियरलगायतका आकर्षक अफर सार्वजनिक गरेको छ।
कोरोना महामारी र आर्थिक मन्दीको समयमा सुलभ मूल्यमा स्वादिष्ट खाना उपलब्ध गराउने अवधारणासहित जिग्री सेकुवाको सुरुवात गरिएको थियो। लभी गार्डेनका सञ्चालकसमेत रहेका सुदर्शन पौडेलले सामान्य आर्थिक अवस्थाका ग्राहकले पनि सहजै खान सक्ने रेस्टुरेन्टको परिकल्पना गर्दै यो ब्रान्ड स्थापना गरेका हुन्।
गाउँघरमा पाइने मौलिक सेकुवाको स्वाद र मसलाबारे अध्ययन गर्दै सुरु गरिएको व्यवसाय छोटो समयमै लोकप्रिय बनेको सञ्चालक पक्षको भनाइ छ। गुणस्तरीय स्वाद, व्यवस्थापन, आतिथ्यता र फरक मार्केटिङ शैलीका कारण जिग्री सेकुवाले ग्राहकको आकर्षण बढाउँदै लगेको छ।
यसै क्रममा युवा व्यवसायी तथा सेयर बजारका लगानीकर्ता सुजन बानियाँले लभी हस्पिटालिटी ग्रुपसँगको सहकार्यमा धुम्बाराहीस्थित नयाँ आउटलेटमा लगानी गरेका छन्। समूहको प्रत्यक्ष व्यवस्थापन र मापदण्डअनुसार तयार गरिएको यो आउटलेटलाई हालसम्मकै ठूलो र सुविधासम्पन्न बनाइएको बताइएको छ।
नयाँ आउटलेटमा जिग्री सेकुवाका लोकप्रिय स्थानीय परिकारसँगै भारतीय र इटालियन खानाका विभिन्न परिकारसमेत उपलब्ध हुनेछन्। यससँगै जिग्री सेकुवा आफ्नो परम्परागत सेकुवा र सितनको पहिचानलाई फराकिलो मेनुसहितको पूर्ण रेस्टुरेन्ट अवधारणामा विस्तार गर्ने दिशामा अघि बढेको देखिन्छ।
धुम्बाराही आउटलेटको अर्को विशेषता प्रिमियम आन्तरिक सजावट र सुलभ मूल्यको संयोजन हो। आकर्षक इन्टेरियर, सुविधासम्पन्न वातावरण र फराकिलो मेनु उपलब्ध गराइए पनि मूल्य निर्धारणमा भने जिग्रीको मौलिक एमआरपी अवधारणालाई निरन्तरता दिइने सञ्चालक पक्षले जनाएको छ।
नयाँ आउटलेट सञ्चालनमा आएसँगै जिग्री सेकुवाको काठमाडौं उपत्यकामा सेवा विस्तार थप फराकिलो हुने अपेक्षा गरिएको छ। प्रिमियम वातावरणमा सुलभ मूल्यमा विभिन्न परिकारको स्वाद लिन चाहने ग्राहकका लागि धुम्बाराहीको नयाँ आउटलेट अर्को विकल्प बन्ने देखिन्छ। See less
