२०८३ वैशाख २१, काठमाडौं ।
अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज नेपालको चौथो महाधिवेशन आगामी २०८३ वैशाख २७, आइतबार, विहान १०. ३० बजे, नेपाल प्रज्ञा प्रतिष्ठान, सिद्दिचरण सभाकक्ष, कमलादी, काठमाडौंमा हुने भएको छ ।
सो निर्णय गत २०८३ वैशाख १४ गते पूर्व अध्यक्षहरु राधेश्याम लेकाली र सन्ध्या पहाडीसहित बसेको कार्यसमितिको बैठकले गरेको हो । सो बैठक अनेसास नेपालका अध्यक्ष राजेन्द्र के. सी. अध्यक्षतामा समाजकै कार्यालयमा बसेको थियो ।
अनेसास नेपालको यस चौथो महाधिवेशनमा लगभग पाँचसय आजीवन सदस्यहरुले भाग लिने जनाइएको छ । सो अधिवेशनमा उद्घाटन सत्र – विहान १०. ३० बजे, बन्द सत्र – १.३० बजे र त्यसपछि नयाँ कार्यसमितिको लागि निर्वाचन हुने अनेसास नेपालको सूचनामा जनाइएको छ ।
अध्यक्ष के. सी. का अनुसार अधिवेशनमा स्मारिकाको लोकार्पण, राष्ट्रकवि माधव घिमिरे गीत पुरस्कार समर्पण लगायत सम्मानको कार्यक्रम रहेको र बन्दसत्रमा आर्थिक प्रतिवेदन र महासचिवको प्रतिवेदन प्रस्तुत गरिने कार्यक्रम रहेको छ ।
