काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल ले नव निर्वाचित तथा समानुपातिक प्रणालीबाट चयन भएका संघीय संसदका सदस्यहरूलाई शपथ ग्रहणका लागि आह्वान गर्नुभएको छ।
राष्ट्रपति कार्यालयका अनुसार प्रतिनिधिसभाका प्रत्यक्ष निर्वाचित तथा समानुपातिक दुवै प्रकारका सांसदहरूलाई संविधान बमोजिम शपथ ग्रहण गर्न बोलाइएको हो। शपथ ग्रहण कार्यक्रम निर्धारित मितिमा संघीय संसद भवनमा आयोजना गरिने जनाइएको छ।
नव निर्वाचित सांसदहरूले पद तथा गोपनीयताको शपथ लिएपछि मात्र संसदीय गतिविधिमा औपचारिक रूपमा सहभागी हुन पाउने व्यवस्था रहेको छ। यससँगै नयाँ सरकार गठन प्रक्रियासमेत अगाडि बढ्ने अपेक्षा गरिएको छ।
यसअघि सम्पन्न प्रतिनिधिसभा निर्वाचनमार्फत प्रत्यक्ष र समानुपातिक प्रणालीबाट सांसदहरू चयन भएका थिए। शपथ ग्रहणपछि संसदको पहिलो बैठक बस्ने र संसदीय प्रक्रिया औपचारिक रूपमा सुरु हुने छ।
