सीता पाण्डे
यो मेरै भनाई हो – संन्दर्भ, केही दिन अघि सार्वजनिक भएको मेरो कविता संग्रह “ टुकुनी, खुसी र म “ र अन्य दुई कृति “रंङ्गीन जामा” र “ ( डा. तारानाथ शर्मा द्वारा अनुवादित ) को विमोचन तथा सार्वजनिक भएको दिन ।
काठमाडौको बानेश्वर स्थित एउटा हलमा नेपालका पुराना पुस्ताका वरिष्ठ साहित्यकारहरू र नयां पुस्ताका वरिष्ठ साहित्यकारहरू, वरिष्ठ पत्रकारहरू, कलाकारहरू साहित्य अनुरागी शुभ चिन्तकहरूको राम्रो सहभागिता थिसो ।
उक्त कार्यक्रमको सभापतित्व मदन पुरस्कार विजेता तथा धेरै चर्चित उपन्यासका लेखक वरिष्ठ साहित्यकार
कृष्ण “ धारावासी” ले गर्नु भएको थियो ।
यसै गरि, नेपाली साहित्यमा अवछिन्न रूपमा योगदान दिने “अभिब्यक्ती” पत्रिकाका संम्पादक, वरिष्ठ साहित्यकार नगेन्द्रराज शर्मा, वरिष्ठ समालोचक तथा साहित्यकार डा. गोबिन्दराज भट्टराई र अर्का वरिष्ठ समालोचक डा. ज्ञानु अधिकारी प्रमुख वक्ताका रूपमा हुनुहन्थ्यो ।
शुभकामना मन्तब्य दिनु हुने अन्य विशिष्ठ साहित्यकार तधा वरिष्ठ साहित्यकार तधा ब्यक्तित्वहरू – पुष्कर लोहनी, शिक्षा विद – कोलम्बिया युनिभर्सिटी ( न्यू योर्क) तथा नेपाल युनिभर्सिटी सित संबद्ध डा. तारा निरौला, विदुषी शान्ता शर्मा ( डा. तारानाथ शर्माको धर्मपत्नी), डा. सुरेन्द्र के. सीं. , चर्चित कानुन विद दिनेश त्रिपाठी हुनुहुन्थ्यो ।
कार्यक्रमामा अहिलेका चर्चित पत्रकार टिकाराम “ यात्री”, दिलभूषण पाठक, तारा बराल, युवराज गौतम, तेजप्रकाश पण्डित, गौरव जोसी तथा साहित्यिक पत्रिकाका संम्पादक तथा वरिष्ठ साहित्यकार रोचक घिमीरे ( रचना ), विमल भौंकाजी ( शारदा ), त्रिभूवन पाण्डे ( मधुपर्क)लगायत धेरै नै साहित्यिक पत्रकारहरूको उपस्थिती रहेको थियो ।
यसै गरि कार्यक्रममा वरिष्ठ कवि, लेखकहरूमा शैलेन्द्र साकार, ध्रुव सापकोटा, पद्मावती सिंह, प्रमोद प्रधान, राजेन्द्र शलभ, राधेश्याम “ लेकाली”, बिटु के. सी., भरत जंगम, शेखर गिरी, ध्रुव मधिकर्मी, कृष्ण वाउसे, मुकुन्द पौडेल, डा. शोभाकर पराजुली, निर्मल कुमार थापा, कु्न्दन कुमार पन्त, राजु नेपाल लगायत धेरै कवि- लेखकहरूको उपस्थिति रहेको थियो ।
यसैगरि अन्य साहित्य अनुरागीहरूमा मुकुन्द ढुंङ्गाना( अन्तराष्ट्रिय झापाली समाज का निवर्तमान अध्यक्ष तथा फिल्म निर्माता ), मनोज पण्डित ( फिल्म निर्दशक), प्रिया कार्की प्रधान ( फिल्म निर्मात्री), डा. सुवर्ण प्रधान, पद्मराज भट्ट, केदार कोईराला लगायत थुप्रै विशिष्ठ व्यक्तित्वहरूको उपस्थिति रहेको थियो ।
स्वागत मन्तब्य, उक्त सार्वजनिक भएका कृतिका लेखक, म सीता पाण्डेले गरेकी थिएं भने कार्यक्रमको प्रारम्भमा लोक गायक जीवन शर्माले हृदयस्पर्सी गीत “ चाहिंदैन सिसाको महल .. “ गीत प्रस्तुत गर्नु भएको थियो भने अन्त्यमा प्रसन्न हुमागाईंले मीठो वासुरीको धुन प्रस्तुत गर्नु भएको थियो । कार्यक्रम संचालन वरिष्ठ पत्रकार तथा साहित्यकार युवराज गौतमले गर्नु भएको थियो ।
( म, यहांहरू प्रति र उपस्थित संम्पूर्ण प्रति आभारी छु । साथै चांहदा – चांहदै पनि विविध कारणवश यस कार्यक्रममा उपस्थित हुन असमर्थ सबैमा हार्दिक नमन छ )
