अर्जुन राज भण्डारी
ललितपुर ३ माघ /नेपाली कांग्रेसले गर्यो बिरोधसभा ओली सरकारको कदम बिरुद्द नेपाली कांग्रेस ललितपुरको तेशो चरणको आन्दोलनलाई सार्थक रुप दिन शनिबार नेपाली कांग्रेस महालक्ष्मी नगरपालिकाले लुभुमा बिरोध सभा गरेको छ !
नेपाली कांग्रेसका केन्द्रिय सदस्य टि यन योगी को प्रमुख आतिथ्यतामा भयको बिरोध सभामा प्रधानमन्त्री के पि शर्मा ओलिको चर्को आलोचना तथा बिरोध गर्दै कांग्रेसी नेताहरुले कांग्रेस पार्टिले सर्बोच्चको आदेस पर्खेर बसेको हुनाले ढुलमुले पार्टिको व्याख्या गर्नेहरुलाई चुनौती दिन चाहेको बताय !
बिशिस्ठ अतिथिका रुपमा उपस्थित नेपाली कांग्रेस ललितपुरका पूर्व साम्सद राम कृष्ण चित्रकारले तानशाहहरुको दिनगन्ती सुरु भैसकेको बताउदै हिन्दी च्यानल जि निउजलाई दियको राष्ट्रबादी गफ हावामा फ्याकियको बेलुन भयको र यो जनता झुक्क्याउने खेलमा कसैलाई नफस्न आग्रह गरेका छन !
महेस खड्का, पवन बिक्रम थापा, मंगल थापा,प्रकाश पराजुली लगायतका स्थानिय नेताहरुको साथमा १५० बढी कार्यकर्ताहरुको बाक्लो उपस्थिती देखिन्थ्यो ! महालक्ष्मी नगर सभापति दिवाकर शिलवालको सभापत्तित्वमा भयको बिरोध सभा बिहान ९ बजे भयको थियो !