रमिला योञ्जन
माघ १ काठमान्डौ/ जागरूक युवा समाज र अग्नी सेभ नेपाल प्रा . लिको संयुक्त आयोजनामा ग्यास सिलिन्डर र पाइप बाट हुने विपत व्यवस्थापन तथा जोखिम न्यूनीकरण गर्न कसरी हामी सचेत हुनसक्छौ भन्ने बिषयमा बुधबार काठमान्डौको बसन्तपुरमा एक सचेतना मुलक कार्यक्रमको आयोजना भएको छ ।
घरमा खाना पकाउन प्रयोग गरिने ग्यास सिलिन्डर लिक भएर हुने गरेको विभिन्न दुर्घटनाको कारण बर्सेनि दर्जनौं जन घनको क्षति ब्यहोर्नु परेको कारण यस बाट कसरी बच्न सकिन्छ र ग्यास लिक भइहालेमा कसरी नियन्त्रण गरि जोखिमबाट बच्न सकिन्छ भन्ने विषयमा स चेतनामुलक कार्यक्रमको आयोजना गरि सवैलाइ जानकारी गराउन यस कार्यक्रमको आयोजना गरेको जागरुक युवा समाज संस्थाका महासचिव सन्जय महर्जनले बताउनुभयो ।
जागरूक युवा समाज संस्थाले स्थापना काल देखि हालसम्म यस्तै यस्तै बिभिन्न सामाजिक हित हुने कार्यक्रम तथा समाज रुपान्तरणको लागि सामाजिक उत्कृष्ट कार्यहरु गर्दै आएको महासचिव महर्जनले बताउनुभएको छ। काठमाडौंको भीड भाड रहने बसन्तपुर, असन, इन्द्रचोक लगाएतका क्षेत्रमा फुटपाथ पसल ब्याबस्थापन गर्ने कार्यमा पनि यस जागरुक युवा समाज संस्थाले मुख्य भूमिका निर्वाह गरेको थियो। कोरोना महामारीको बेलामा पनि यस संस्थाको सम्पुर्ण टिमले आफूहरु जोखिमपूर्ण अबस्थामा हुँदा हुँदै पनि सामजिक हितका कार्य गर्न लागिपरेको महासचिव महर्जनले बताउनुभयो।