Home > मुख्य समाचार > मोरङ बुढीगंगा गाउँपालिकामा नेकपाको दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश,शेखर कोइरालाले गरे स्वागत

मोरङ बुढीगंगा गाउँपालिकामा नेकपाको दर्जनौ कार्यकर्ता कांग्रेसमा प्रवेश,शेखर कोइरालाले गरे स्वागत

माघ  २१ काठमाडौं – कम्युनिस्टहरू एक आपसमा झगडा र विवादले वाक्क भएका पूर्व एमाले कार्यकर्ताहरू नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

बुधवार मोरङको बुढीगंगा गाउँपालिका–१ मा आयोजित कार्यक्रममा करीब ३ दर्जन पूर्व एमालेका कार्यकर्ता, पूर्व प्रहरी, पूर्व सैनिकहरू नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका हुन्।

 कांग्रेस नेता डा. शेखर कोइरालाले कांग्रेस पार्टी प्रवेशीहरुलाई चारतारे झण्डा प्रदान गर्दै भब्य स्वागत गर्नु भएको छ ।

नेता कोइरालाले कार्यक्रमलाई सम्बोधन गर्दै गुटबन्दी र भागबण्डा छाडेर कार्यकर्तालाई लोकतन्त्र र राष्ट्रियताका पक्षमा उभिन आग्रह समेत गर्नु भएको छ ।

 

‘संसद पुनःस्थापन नभएसम्म कांग्रेसले सडक छोड्नु हुँदैन,’ उहाले भन्नु भयो, नेपाली ‘कांग्रेस कसैसँग सहकार्य गरेर अगाडि जाँदैन, संविधान जोगाउने काममा कांग्रेसले कसैसँग सम्झौता पनि गर्दैन भन्दै नब प्रबेसी हरुलाई फेरी हार्दिक स्वागत भानु भएको थियो

Leave a Reply

Your email address will not be published. Required fields are marked *