Home > समाचार > कलङ्की देखि एर्पोटसम्म २ हजार आधुनिक सडक बत्ती जडान गर्ने सम्झौता

कलङ्की देखि एर्पोटसम्म २ हजार आधुनिक सडक बत्ती जडान गर्ने सम्झौता

रमिला योञ्जन

काठमाण्डौ महानगरपालिका क्षेत्रका मुख्य–मुख्य ठाउँमा आधुनिक सडक बत्ती जडान गर्ने  सम्झौता भएको छ । सडकमा दुई हजार बत्ती जडानको लागि सहमतिपत्रमा काठमाण्डौ महानगरपालिका, नेपाल विद्युत् प्राधिकरण र सडक विभाग बीच दुई पक्ष बिच सहमती भई हस्ताक्षर भएको हो ।

पहिलो चरणको सहमति अनुसार अन्तर्राष्ट्रिय विमानस्थलदेखि  कलंकी कालीमाटी, बानेश्वर, त्रिपुरेश्वर, कलङ्कीलगायतका क्षेत्रमा झण्डै १७ करोड रुपैयाँको लगानीमा आधुनिक बत्ती जडानको काम अघि बढ्ने भएको छ ।

यातायातमन्त्री वसन्त नेम्वाङले सङ्घीय राजधानीसमेत रहेको काठमाण्डौ महानगर क्षेत्रलाई व्यवस्थित र उज्यालो महानगर बनाउने र उज्यालो सङ्घीय राजधानीको चिनारी दिने अभियानअन्तर्गत यो योजना पनि अघि बढेको उहाँले बताउनु भयो । 

 

काठमाण्डौ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले धेरै पटकको प्रयासपछि सहमतिपत्रमा हस्ताक्षर गर्ने चरण सम्म आइपुगेको भन्दै अब जतिसक्दो छिटो काम सम्पन्न गर्ने तर्फ केन्द्रित हुन बिद्युत प्राबिधिकरणसँग आग्रह गर्नुभयो ।

सडक बत्तीमा काठमाण्डौ महानगरपालिकाको ६० प्रतिशत र नेपाल विद्युत् प्राधिकरणको ४० प्रतिशत लगानी रहने भएको छ । बत्ती जडानको लागि खनिएको ठाउँको सडक, फुटपाथलगायतको मर्मत कार्य सडक विभागले गर्ने पनि सम्झौतामा उल्लेख छ ।

 

सडक बत्ती जडान, सञ्चालनलगायतका विषयमा समन्वय, अनुगमन तथा रिपोर्टिङ गर्न तीनवटै कार्यालयका प्रतिनिधि सम्मिलित संयन्त्रले ४५ दिनभित्र प्रतिवेदन पेस गर्ने पनि सम्झौतामा उल्लेख छ ।   

Leave a Reply

Your email address will not be published. Required fields are marked *