Home > समाचार > पाटनमा पैदल यात्रु असहज हुने फुटपाथ कब्जा गर्ने ब्यापारी लाई १० हजार जरिवाना

पाटनमा पैदल यात्रु असहज हुने फुटपाथ कब्जा गर्ने ब्यापारी लाई १० हजार जरिवाना

  ललितपुर नगर प्रहरी प्रमुख प्रहरि निरीक्षक सिताराम हाछेथु नगर प्रहरी प्रमुखमा नियुक्ति भए संगै महानगरपालिकालाई नमुना नगरपालिका बनाउन महानगरको गल्ली-गल्ली, चोक-चोकमा २०/३० नगर प्रहरीका साथ् दिन भर खट्नु भयको दृश्य महानगरपालिकाको प्रमुख क्षेत्र पाटन लगाएत क्षेत्र मा निरीक्षण को लागि लगातार खटी रहेका छन्।

हाछेथु को टिम को कार्य देख्दा लाग्छ यो तरिकाले सबैले अ-अाफ्नो ठाउँबाट अाफ्नाे जिम्मेवारी बहन गर्ने हो भने,नगर मात्र होइन प्रदेश अनि सिङ्गो मुलुककै बिकास हुन कसैले रोक्न सक्दैन। ४वर्ष ट्राफिक प्रहरी कार्यालय सादोबाटोको प्रमुख रहिकेका हाछेथु ललितपुरका हरेक पक्षलाई धेरै नजिक बाट बुझिसकेका छन्। उनले नगर प्रहरीहरूको महत्व के कस्तो छ भन्ने जनतामा पहिचान दिलाउने कार्य गर्रिरहेका छन्। ललितपुरका महानगरपालिकाको प्रमुख केन्द्र पाटन छेत्रमा पैदल यात्री हिड्न असहज हुने गरि त्यहाँका व्यापारीले अोगटेर राखेका पेटि खालि गर्ने अभियानमा लागेका छन्। उनले पेटि अोगटेको पाईयमा रु.१००००/- जरिवाना तिर्नुपर्ने व्यवस्था कडाइका साथ लागू गर्ने बताएका छन्।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *